सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

मङ्गलबार, १९ वैशाख २०८०, १० : ५६
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई सम्मान गरेको छ ।

कम्पनीले काठमाडौँ र चितवनमा “पठाओ वार्षिक सम्मान कार्यक्रम” आयोजना गरि २०७९ भरिमा उत्कृष्ट सेवा प्रदान गर्नेहरुलाई ३५ विभिन्न विधामा सम्मान गरेको हो । यस्तै पठाओ फुडमा आवद्ध रेस्टुरेन्टलाई समेत विभिन्न ५ विधामा अवार्ड दिइएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा सबैभन्दा कम उमेरका अर्जुन कुमार ठाकुरले द राइजिङ राइडर, सर्वाधिक राइड गर्नेमध्ये ज्ञानबहादुर चौहानले द टायरलेस राइडर, राम्रो रेटिङतर्फ मनोज करन्जितले युजर्स फेभोराइट राइडर, सुदर्शन मणि डंगोलले द डेडिकेटेड राइडर, सबैभन्दा लामो समयदेखि आवद्ध लाइफटाइम एचिभमेन्टतर्फ घनश्याम घर्ती मगरले द भेट्रान राइडर, धेरै राइड लिने र सस्पेन्डेड नहुने तर्फ हरि गोपाल न्यौपानेले द अनरेबल राइडर, सबैभन्दा धेरै दिन राइड गर्ने बिर बहादुर कार्कीले द इनर्जेटिक राइडर र देवीप्रसाद श्रेष्ठले द सिनिअर राइडरको अवार्ड प्राप्त गरेका छन् ।

पठाओले क्याप्टेन (ट्याक्सी चालक)तर्फ विभिन्न विधामा ८ जनालाई सम्मान गरेको छ । इशक लिम्बुलाई द राइजिङ क्याप्टेन, पासाङ तामाङलाई द टायरलेस क्याप्टेन, राज कुमार तामाङलाई युजर्स फेभोराइट क्याप्टेन, खडक बहादुर ढकाललाई द डेडिकेटेड क्याप्टेन, रत्नबहादुर तामाङलाई द भेट्रान क्याप्टेन, बुद्धिराज कार्कीलाई द अनरेवल क्याप्टेन, खेमबहादुर बस्नेतलाई द इनर्जेटिक क्याप्टेन र प्रेम बहादुर बरमलाई द सिनिअर क्याप्टेन अवार्ड दिइएको छ ।

कम्पनीले पठाओ हिरो (फुड डेलिभरी) तर्फ आनन्द कुमार महतोलाई द राइजिङ पठाओ हिरो, द सुपरस्टर पठाओ हिरो, सबैभन्दा धेरै फुड अर्डर डेलिभर गर्ने सञ्जय भुजेललाई द टायरलेस पठाओ हिरो, डेडिकेटेड पठाओ हिरो समीर लामालाई, लाइफटाइम एचिभमेन्टतर्फ अनिल चौलागाईंलाई द क्लासिक पठाओ हिरो, बेस्ट कम्युनिकेसनतर्फ चेतबहादुर बोहरालाई द जोय गिभर पठाओ हिरो, सुदर सिङ राईलाई एभर फ्रेस हिरो र गोपाल राज बिकेलाई द सिनिअर पठाओ हिरोको अवार्ड दिइएको छ ।

कम्पनीले अपाङ्गता भएका दुई जनालाई मस्ट इम्पाओर्ड राइडर अवार्ड प्रदान गरेको छ । सो अवार्ड पाउनेहरूमा रघुनाथ बस्नेत र सोमनाथ राई रहेका छन् ।

यस्तै सोसल कजतर्फ दुई जनालाई द हेल्पिङ ह्याण्ड्स अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड पाउनेहरूमा राजकुमार तामाङ र सुरेश कुमार मगर रहेका छन् ।

कम्पनीले रेष्टुरेन्टतर्फ भेरा पिज्जालाई द बेस्ट बेकर अवार्ड, पिज्जा प्लानेटलाई द एप्टिजिङ अवार्ड, केकेएफसीलाई बेस्ट चिकेन इन टाउन अवार्ड, मुघल इम्पायरलाई द फ्लेभरसम अवार्ड र डल्ले रेष्टुरेन्टलाई द मस्ट लभ्ड् अवार्ड प्रदान गरिएको छ ।

पठाओको सर्बोत्कृष्ट राइडर तर्फ सुदन अधिकारी र कल्पना राईले अवार्ड हात पारेका छन् । सर्बोत्कृष्ट क्याप्टेनतर्फ पश्चीनारायण तामाङ र मुना तामाङले पाएका छन् ।

यस्तै पठाओ हिरोतर्फ बेस्ट पफर्मिङ पठाओ हिरो दुई जनालाई दिइएको छ । जसमा पुरुषतर्फ मिसउल आलम र महिलातर्फ सिर्जना नेपाली छन् ।

त्यस्तै पठाओले चितवनमा समेत कार्यक्रम गरि चितवनमा आवद्ध राइडर र टुकटुक चालकलाई अवार्ड प्रदान गरेको छ । चितवनमा बाइक तर्फ सबैभन्दा धेरै राइड गर्दै दिपेन्द्र कार्कीले द टायरलेस राइडर, प्रकाश अर्यालले डेडिकेटेड राइडर र पल्साङ तामाङले युजर फेवरेट अवार्ड प्राप्त गरे । त्यस्तै टुकटुकतर्फ गणेश अधिकारीले द टायरलेस टुकटुक चालक, वीर बहादुर मोक्तानले डेडिकेटेड टुकटुक चालक र भुवन भण्डारीले युजर फेवरेट टुकटुक चालक अवार्ड प्राप्त गरे ।

‘सबै कामलाई सम्मान गर्नु, एउटै नजरले हेर्न र सोचहरूमा सकारात्मक परिवर्तन ल्याउन सकौं भन्ने आशा सहित कार्यक्रम आयोजना गरेका हौं,’ पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले भने ।

कार्यक्रममा थापाले पठाओ नेपालले करिब डेढ लाख जनालाई स्वरोजगारी दिएको बताए । उनले ४० लाख भन्दा बढी नेपाली विदेशिनुपरेको अवस्थालाई पठाओले थोरै भएपनि मल्हम लगाएको उल्लेख गरे । उनले सुरक्षित र सुनिश्चित राइडको लागि अनलाइन राइड मात्र लिनुपर्ने बताए ।

गत वर्षदेखि पठाओले वार्षिक रूपमा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । कम्पनीले आगामी वर्षहरूमा पनि आफ्ना राइडर, क्याप्टेन तथा हिरोहरूलाई विभिन्न विधामा सम्मान गरि कामप्रति उत्प्रेरणा जगाउँदै जाने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप