कम्बोडिया पठाइदिने भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ
मङ्गलबार, १९ वैशाख २०८०, १६ : ३८
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ स्थित लालपुर स्थायी घर भई भक्तपुरको जगाती बस्ने राजु श्रेष्ठ रहेका छन् ।
उनले बिजु कार्कीलाई कम्बोडीया पठाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी परेको थियो । वैदेशिक रोजगार विभागको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटिएको टोलीले श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण