अप्रिलमा पनि झण्डै १ लाख पर्यटक भित्रिए
काठमाडौँ । गत अप्रिल महिनामा पनि झण्डै १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिल, २०२३ मा सबै देशबाट गरी कुल ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका हुन् ।
यो हवाई मार्ग प्रयोग गरेर आएका पर्यटकहरुको संख्या मात्र हो । यद्यपि, यस्तो संख्या बाई बस (स्थलमार्ग) हुँदै आउनेहरु दोब्बर भन्दा बढी रहेको बोर्डको भनाइ छ ।
उसो त अघिल्लो महिना मार्चमा समेत ९९ हजार ४२६ जना पर्यटकहरु नेपाल भित्रिएका थिए ।
यसअवधिमा सबैभन्दा बढी इन्डियाबाट ३१ हजार ४३७ जना पर्यटक नेपाल भित्रिएका छन् भने युनाइटेड स्टेड (अमेरिका) बाट ८ हजार ४१३ जना, युनाइटेड स्टेटबाट ५ हजार ४०९ जना र छिमेकी चिनबाट ४ हजार ७७० जना पर्यटक भित्रिएका छन् ।
यस्तै, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना, जर्मनीबाट ३ हजार २४६ जना, फ्रान्सबाट ३ हजार २११ जना, रुसबाट २ हजार ६७३ जना, बंगलादेशबाट २ हजार २१७ जना र थाइलेण्डबाट २ हजार १०२ जना भित्रिएको बोर्डले जनाएको छ ।
गत वर्ष २०२२ को अप्रिलमा जम्मा ६१ हजार ५८९ जना मात्र विदेशी पर्यटक भित्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण