मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अप्रिलमा पनि झण्डै १ लाख पर्यटक भित्रिए

मङ्गलबार, १९ वैशाख २०८०, १८ : २४
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । गत अप्रिल महिनामा पनि झण्डै १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिल, २०२३ मा सबै देशबाट गरी कुल ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका हुन् । 

यो हवाई मार्ग प्रयोग गरेर आएका पर्यटकहरुको संख्या मात्र हो । यद्यपि, यस्तो संख्या बाई बस (स्थलमार्ग) हुँदै आउनेहरु दोब्बर भन्दा बढी रहेको बोर्डको भनाइ छ । 

उसो त अघिल्लो महिना मार्चमा समेत ९९ हजार ४२६ जना पर्यटकहरु नेपाल भित्रिएका थिए । 

यसअवधिमा सबैभन्दा बढी इन्डियाबाट ३१ हजार ४३७ जना पर्यटक नेपाल भित्रिएका छन् भने युनाइटेड स्टेड (अमेरिका) बाट ८ हजार ४१३ जना, युनाइटेड स्टेटबाट ५ हजार ४०९ जना र छिमेकी चिनबाट ४ हजार ७७० जना पर्यटक भित्रिएका छन् । 

यस्तै, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना, जर्मनीबाट ३ हजार २४६ जना, फ्रान्सबाट ३ हजार २११ जना, रुसबाट २ हजार ६७३ जना, बंगलादेशबाट २ हजार २१७ जना र थाइलेण्डबाट २ हजार १०२ जना भित्रिएको बोर्डले जनाएको छ । 

गत वर्ष २०२२ को अप्रिलमा जम्मा ६१ हजार ५८९ जना मात्र विदेशी पर्यटक भित्रिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप