आयोजनाहरूले गरिबी निवारणमा ध्यान दिनु पर्दछ–मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरूले उत्पादकत्व वृद्धि गरी गरिबी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँसराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे ।
विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि तिनले प्रभावकारी काम गर्न नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने उनले बताए ।
आयोजना सफल पार्न निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिँदै सरकारी क्षेत्रको मात्र सहयोगमा आयोजना सफल हुन नसक्ने दाबी उनले गरे । आयोजनाले काम गर्दै जाँदा बजारीकरण लगायतका अनेक समस्या आउने भएकाले ती समस्याको समाधान गर्न निजी क्षेत्र अपरिहार्य भएको मुख्यमन्त्री कार्कीको भनाई छ ।
पहाडी क्षेत्रका विभिन्न ३४ जिल्लालाई कार्य क्षेत्र बनाएर सञ्चालनमा आएको उक्त आयोजनाले स्याउ, एभोकार्ड लगायतका फलफूल उत्पादनमा लगानी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु