मिडियासँग किन तर्किँदै छिन् कटरीना ?
मुम्बई । बलिउड अभिनेत्री कटरीना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाहपछि सार्वजनिक रूपमा उनको उपस्थिति कमै छ ।
हालै मात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरीना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।
कटरीना सार्वजनिक रूपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गरेकी छिन्। निर्माताहरू फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् ।
उनीहरू ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यही कारण कटरीना आफैँले सार्वजनिक रूपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।
उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कटरिनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यही कारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण