शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेता खनालको सचिवालयले भन्यो–कानुनमै थिएन भने सुरक्षा निकायले हामीलाई किन नरोकेको ?

बिहीबार, २१ वैशाख २०८०, २१ : ०५
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले गाडी 'विना अनुमति डोमेस्टिक याम्प एरिया प्रवेश' गरेको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

केही सञ्चारमाध्यमले उक्त विषयमा समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै नेता खनालको सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनाल १९ गते जनकपुरबाट काठमाडौँ आउँदै गर्दा पहिलेकै सिस्टम अनुरूप नै एयरपोर्टको सुरक्षा टिम र नेपाल नागरिक उड्डयन प्राधिकरण र त्यो अन्तर्गत निकायहरूसँगको समन्वयमा पूर्वप्रधानमन्त्रीको गाडी आन्तरिक टर्मिनलसम्म पुगेको हो । यसभन्दा अगाडि पनि कैयौं पटक डोमेस्टिक एयरपोटबाट काठमाण्डौं बाहिर जाने र आउने त्यसै समन्वयको प्रक्रियाबाट अगाडि बढिरहेको अवस्था हो । हामी मात्र नभई सबै पूर्व प्रधानमन्त्रीहरूले यही सिस्टम अवलम्बन गर्दै आइरहेको अवस्था हो ।’

नियम कानूनमै थिएन भने त्यहाँ जानुपूर्व नेपाल नागरिक उड्डयन प्राधिकरण वा अन्य सुरक्षा निकायले किन नरोकेको भनी प्रश्न गरिएको छ । 

‘के पूर्वप्रधानमन्त्रीको गाडी जबरजस्ती त्यहाँ गएको हो र ? एयरलाइन्स र त्यहाँ खटिने सुरक्षा टिमद्वारा नै स्कट गरेर जहाजकै ढोकासम्म किन पुर्‍याइयो ? नियममा थिएन भने किन यस्तो गरेको ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ ।

k

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप