प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै सडकमै उभौली, तस्बिरहरु
विराटनगर । राई, लिम्बू र याख्खा जातिले शुक्रबार विराटनगरको रोडशेषमै ‘सडकमै जुटौँ, सडकमै नाचौं’ भन्दै उभौली पर्व मनाएका छन् ।
प्रदेशको नाम कोशी खारेज हुनुपर्ने र पहिचानसहितको नाम आउनु पर्ने माग गर्दै आन्दोलनरत सो समुदायले विराटनगरको रोडशेषमै उभौली पर्व मनाएका हुन् ।
अरुबेला भने कूल देवताको पूजा आराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गरिन्थ्यो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किरात याक्खा छुम्माले संयुक्त रूपमा यस पटक भने सडकमै उभौली पर्व मनाएका हुन् । ‘हामीले यस पटक उभौली पर्वलाई आन्दोलनको रुप दिएका छौं, हाम्रो भावनामाथि प्रहार गरिएको छ । कोशीले पहिचान बोल्दैन । यसकारण हामीले सरकारको ध्यानाकर्षण गराउन सडकमै उभौली मनाएका हौं,’ अभियान्ता अर्जुन जम्नेली राईले भने ।
उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् र प्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने चलन छ । गत फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएसँगै पहिचान पक्षधरले यस पटक भने आफ्नो नारा नै ‘सडकमै जुटौँ, सडकमै नाचौं’ भन्ने राखेका थिए । उभौली मनाउने क्रममा उनीहरुले ढोल झ्याम्टा तथा वाद्यवादनका सामग्रीमा समेत कोशी नाम खारेज गरौं भन्ने पम्प्लेट टासेका थिए ।
_3exXi1WcbP.jpg)
_VOZuyB6h7F.jpg)
_7GsTBaLXfV.jpg)
_d5fwyaJWzz.jpg)
_WlRf5jRNk3.jpg)
_2nSJ1MPJon.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण