सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल

सोमबार, २५ जेठ २०८३, ०५ : ००
सोमबार, २५ जेठ २०८३

सारांश

  • वि.सं. २०८३ साल जेठ २५ गते सोमबारको राशिफल अनुसार मेष, वृष, मिथुन, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिलाई लाभ मिल्ने योग छ ।
  • कर्कट राशिका जातकलाई शरीर कमजोर हुनाले दैनिक काम प्रभावित हुनेछ भने वृश्चिक राशिलाई माया प्रेममा अविश्वास सिर्जना हुनेछ ।
  • मीन राशिलाई खर्च बढ्ने तथा कामहरू नहुने सम्भावना छ ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ २५ गते । सोमबार । इस्वी सन् २०२६ जुन ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–अष्टमी, ४२ घडी २७ पला, बेलुकी १० बजेर ८ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाभाद्रपदा, अहोरात्र । योग– विष्कुम्भ, २ घडी १४ पला, बिहान ६ बजेर ३ मिनेट उप्रान्त प्रिती । करण–बालव, बिहान १० बजेर २४ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ, बेलकी ११ बजेर १२ मिनेट उप्रान्त मीन ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २८ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ९ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर १० मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म काल बेला ।
  • बिहान ६ बजेर ५४ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४६ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ४७ मिनेटदेखि दिउँसो ३ बजेर ३० मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ३ बजेर ३१ मिनेटदेखि बेलुकी ५ बजेर १३ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ५ बजेर १४ मिनेटदेखि बेलुकी ८ बजेर १३ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ६ बजेर ५२ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेर २१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापार तथा शेयर बजारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा विजयी भइनेछ। । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । पैतृक स्रोत तथा सरकारी साधनको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ ।  
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बिच विश्वास बढेर जानेछ ।  नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । लामो दुरीको योग रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शरीर कमजोर हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । व्यवसायमा लगानी गरी हाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्रो होला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरूकै काममा समय व्यातित हुँदा मन खिन्न हुनेछ । सानो उपलब्धिमा दिन व्यातित हुने सम्भावना रहेको छ ख्याल गर्नुहोला । तर पनि माया प्रेमको गाँठो कसिलो हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । व्यापार तथा शेयर बजारबाट आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । कामबाट पनि फुर्सद निकाल्दै रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा मामा पक्षबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूलाई लागी समय उत्तम रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खर्च बढ्ने तथा कामहरू नहुने सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप