हिमपहिरोमा जुम्लाका तीन जना बेपत्ता
शनिबार, २३ वैशाख २०८०, २१ : ४९
मुगु । हिमपहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् ।
जुम्लाको पातारासि गाउँपालिका२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ । उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।
उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएको उनले जानकारी दिए । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको जनाइएको छ । भौगोलिक अवस्थाले उद्धारमा समस्या देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण