जसपा संसदीय दलको नेता चयन गर्न कार्यदल गठन
बुधबार, २७ वैशाख २०८०, १७ : ०६
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको नेता चयन गर्न कार्यदल गठन गरिएको छ । तीन सदस्यीय कार्यदलको सदस्यमा अर्जुन थापा, मिथलेस सिंह र दीपेन्द्र झा रहेका छन् । यसअघि जसपाको संसदीय दलको नेतामा राम सहाय यादव थिए ।
राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो दलको संसदीय दलको नेता पद खाली रहँदै आएको छ । बारा–२ बाट अध्यक्ष उपेन्द्र यादव चुनाव जितेर आएपछि पार्टीले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको हो ।
जसपाका संसदीयको नेता यादव बन्ने पक्कापक्की छ । तैपनि कानुनी प्रक्रिया पुरा गर्न कार्यदल गठन गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण