शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा संसदीय दलको नेता चयन गर्न कार्यदल गठन

बुधबार, २७ वैशाख २०८०, १७ : ०६
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको नेता चयन गर्न कार्यदल गठन गरिएको छ ।  तीन सदस्यीय कार्यदलको सदस्यमा अर्जुन थापा, मिथलेस सिंह र दीपेन्द्र झा रहेका छन् । यसअघि जसपाको संसदीय दलको नेतामा राम सहाय यादव थिए ।

राम सहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो दलको संसदीय दलको नेता पद खाली रहँदै आएको छ । बारा–२ बाट अध्यक्ष उपेन्द्र यादव चुनाव जितेर आएपछि पार्टीले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको हो ।

जसपाका संसदीयको नेता यादव बन्ने पक्कापक्की छ ।  तैपनि कानुनी प्रक्रिया पुरा गर्न कार्यदल गठन गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप