एमाले केन्द्रीय कमिटीको बैठकमा कसले कुन प्रतिवेदन पेस गरे ?
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा विभिन्न प्रतिवेदन पेस भएका छन् । बिहीबार केन्द्रीय पार्टी कार्यालयमा बसेको एमालेको पाचौं केन्द्रीय कमिटीको बैठकमा आयोग र मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)का प्रतिवेदन पेस भएका हुन् ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकको पहिलो दिन अध्यक्ष ओली र पाँच प्रदेशसहित आयोग अध्यक्षहरुले प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले आ आफ्नो आयोगका प्रतिवेदन पेस गरेका छन् ।
यस्तै मिसन ग्रासरुटका विषयमा भूगोलका पाँच प्रदेशका संयोजकहरूले पनि प्रतिवेदन पेस गरेका छन् । जसमध्ये सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेस गरेका छन् ।
यस्तै गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण बिष्ट, सम्पर्क समन्वयन कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले शुक्रबार पेस गर्ने छन् ।
यी प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने प्रचार प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव पेस गर्ने उनले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण