धनुषामा चोरीको आरोपमा ७ जना पक्राउ
जनकपुरधाम । धनुषाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ७ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । प्रहरी उपरीक्षक विश्वराज खड्काले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका उनीहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।
उनीहरुलाई पक्राउ गर्न प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटाइएको समेत खड्काले जानकारी दिए । उनका अनुसार कतिपय अवस्थामा चोरलाई पक्राउ गर्न प्रहरी नै चोर बनेर खटेका थिए । प्रहरीले बुधबार चोरी गरेर भाग्दै गरेका एक जनालाई सामानसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर बस्ने ३५ वर्षीय रञ्जित दास रहेका छन् ।
बुधबार दिउँसो करिब साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बेल्हीस्थित बेचु साहको घरमा प्रवेश गरेर दराजको ताला फोडी सामानहरु चोरी गरेर भाग्ने क्रममा दास पक्राउ परेका थिए । स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका दासले साहको घरबाट सुनको जस्तो देखिने मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १÷१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान चोरी गरेका थिए ।

प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमार्फत भागेका उनलाई पक्राउ गरिएको डीएसपी गौतमले बताए । त्यस्तै बिहीबार मध्यान्ह १२ बजे जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट २१ वर्षीय सञ्जिव राम र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने वर्ष २८ का इन्दल रामलाई प्रहरीले पक्राउ गरेको छ ।
ज १२ प ६६० नम्बरको मोटरसाइकल चोरी गरेर भागिरहेका बेला वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मास्टर कि दुई थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै वैशाख १७ गते राति १ बजे संकटमोचन मन्दिर नजिकबाट प्रहरीले २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्मद राजा खानलाई पक्राउ गरेको छ ।
घरको ताला फुटाई घरभित्र प्रवेश गरेर चोरी गर्ने क्रममा उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । सो घटनामा संलग्न चोरलाई समात्न प्रहरी नै चोर बनेर पुगेका थिए ।
त्यस्तै बैशाख २६ गते राति १२ बजेको समयमा घरको ताला फोड्ने औजारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजकुमार यादव र सोनु सहनी रहेका छन् । पक्राउ परेका उनीहरूको साथबाट हेक्स ब्लेड १ थान, पिलास १ थान, फलामको रिन्च ४ थान बरामद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण