गण्डकी प्रदेश
गण्डकी प्रदेशमा दिपक मनाङेसहित चार मन्त्री थपिँदै
शुक्रबार, २९ वैशाख २०८०, १३ : ५१
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । कांग्रेसका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले आजै चार जना मन्त्री थपिन लागेको रातोपाटीलाई बताए । उनका अनुसार कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट दिपक मनाङेलाई मन्त्री बनाउन लागिएको छ ।
वैशाख १४ गते गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता पाण्डे पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन माओवादीबाट गोरखाकी सुशीला सिम्खडा र कांग्रेसबाट स्याङ्जाकी सरस्वती आचार्य मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले आजै थप चार मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘अहिले छलफलमा छु । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण