सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास डेनमार्कद्वारा फिनल्यान्डमा पर्यटन प्रवर्द्धन

शनिबार, ३० वैशाख २०८०, १९ : ०८
शनिबार, ३० वैशाख २०८०

हेल्सिन्की । फिनल्यान्डको राजधानी हेल्सिन्कीमा नेपाली दूतावास डेनमार्कको आयोजनामा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गत ४ मेमा हेल्सिन्की स्थित नेपाली रेस्टुरेन्ट नमस्ते फिनल्यान्डमा सम्पन्न कार्यक्रममा उल्लेख्य रूपमा विदेशी अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा नेपाली दूतावास डेनमार्कका डेपुटी हेड अफ मिसन तीर्थ अर्यालले अतिथिहरूलाई स्वागत गरेका थिए । उनले पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रममा नेपाल सुरक्षित गन्तव्य रहेको भन्दै सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरे । नेपाल बुद्धको देश र नेपाल हेर्नुपर्ने देश भएकाले अतिथिहरूलाई कार्यक्रमको रूपरेखा बनाउन आग्रह गरेका थिए । साथै नेपालको पर्यटनलाई बजारीकरण गर्ने उद्देश्यले नेपालको श्रव्य दृश्य र वृत्तचित्र पनि देखाइएको थियो ।

344303017_1653306475099853_7493588730314799827_n

नेपाली सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको कार्यक्रममा वृत्तचित्र "Nepal Awaits and Experience Nepal"का साथै अर्को श्रव्य दृश्य सामाग्री नेपाल: A Lifetime Experience प्रदर्शन गरिएको थियो ।

कार्यक्रम आयोजना गर्न नेपाली दूतावासका डेपुटी हेड अफ मिसन तीर्थ अर्याल र तृतीय सचिव अमृत लोप्चन हेल्सिन्की आइपुगेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरूले नेपाली लोक बाजाहरूको साथमा साङ्गीतिक तथा नृत्य प्रस्तुत गरेका थिए । फिन्निश नेपाली समाजका अध्यक्ष नवीन भट्टराई, एनआरएन फिनल्यान्डका कार्यवाहक अध्यक्ष सुवास रिजाल लगायत नेपालका लागि पूर्व फिनिश राजदूतहरू, स्थानीय सिटी काउन्सिलका प्रतिनिधिहरू सहित थुप्रै विदेशी अतिथिहरूको उपस्थिति रहेको थियो ।

344393579_968429837631272_6183586160081153912_n

यसै क्रममा नेपाली दूतावास नेपाली दूतावास डेनमार्कले फिनल्यान्डमा बसोबासरत नेपालीका लागि २ दिने घुम्ती शिविर पनि सञ्चालन गरेको थियो । शिविरमा २२९ जनाले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नवीकरण, पुरानो आवेदन मार्फत तयारी राहदानी वितरण, वारेस नामा, भिसा जारी तथा परामर्श सेवा लिएका थिए ।

345915163_189002454083666_6146652745497012328_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप