शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एनओजी नारायणघाट दोस्रो च्याप्टर राइड सम्पन्न

सोमबार, ०१ जेठ २०८०, २० : ३१
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ ।

गत वैशाख ३०  गते शनिबार आयोजना भएको यस राइड टिभिएसको नारायणघाट शोरूम ( मालश्री मोटर्स नारायणघाट) बाट सुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो। 

उक्त राइडमा सहभागीहरू बीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप