बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

१२ करोडमा निर्माण भएको फिल्म 'सय करोड क्लब' नजिक

मङ्गलबार, ०२ जेठ २०८०, ०९ : २८
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । बलिउड बक्स अफिसमा एक हप्तामा कुन चलचित्रले कति कमाई गर्‍यो भनेर  सबैको नजर परिरहेको हुन्छ । यो साता अपत्यारिलो रूपमा एउटा मलायम फिल्मले बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ । 

एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलायम चलचित्रले अकल्पनीय रूपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिन प्रतिदिन बढेका छन् । सो फिल्म हेरेपछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

 ‘२०१८ः एवरीवन इज ए हीरो’  विश्व भरीका फिल्म घरहरूमा धुम मच्चाउन सफल भएको हो । प्रदर्शनमा आएको ९ दिनमा नै मलायम भाषीहरुबाट लगभग ५।६ करोडको कलेक्सन गरेको छ । मोलीउडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ । 

साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा चलचित्रले कमाइ गर्ने निश्चित देखिन्छ । यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन । 

लगभग १२ करोड रुपैयाँमा निमार्ण भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन् चर्चा परिचर्चा सुरु हुन थालेको छ । यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप