सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्, बजेट र नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री–सभामुख छलफल

मङ्गलबार, ०२ जेठ २०८०, ११ : २०
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्रीले संसदीय समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै संसदमा विचाराधीन विधेयकहरू टुङ्गो लगाउन अब सहज हुने अपेक्षा लिएको बताएका छन् । 

त्यस क्रममा प्रधानमन्त्रीले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयासलाई सराहनीय भएको र आगामी दिनमा समेत यही अपेक्षा राखेको बताएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी समेत गराएका छन् । त्यस क्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको अवगत गराएका छन् । 

‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु’, सभामुख घिमिरेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप