संसद्, बजेट र नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री–सभामुख छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्रीले संसदीय समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै संसदमा विचाराधीन विधेयकहरू टुङ्गो लगाउन अब सहज हुने अपेक्षा लिएको बताएका छन् ।
त्यस क्रममा प्रधानमन्त्रीले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयासलाई सराहनीय भएको र आगामी दिनमा समेत यही अपेक्षा राखेको बताएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्रीले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी समेत गराएका छन् । त्यस क्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको अवगत गराएका छन् ।
‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु’, सभामुख घिमिरेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण