पार्टीमा भएको व्यक्तिले भ्रष्टाचार गर्नसक्छ तर पार्टी भ्रष्टाचारी हुँदैन : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन् । प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा उनले यो प्रकरणमा पक्राउ परेका पार्टीका नेताहरुलाई निलम्बन गर्नुपर्ने बताए । कुनै पदमा बसेको मान्छे, प्रहरी, अदालत, निजामति कर्मचारी कहिँ पनि अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने थापाको तर्क छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता मुछिनु भएको छ। पार्टीमा भएको व्यक्ति भ्रष्टचारी हुनसक्छ, पार्टी हुँदैन । विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियाको पालना सबैले गर्नुपर्छ,’ थापाले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा उनको जोड छ ।
पार्टीमा दाग लागे उनीहरुलाई निकालेर बाँकी रहेकालाई अगाडि बढाउनुपर्ने उनले बताए ।
‘प्रमाणित भयो भने कारबाही हुन्छ। कोहीप्रतिको पूर्वाग्रही भएर होइन। मलाई भएपनि अर्कोलाई भएपनि त्यही हो,’ थापाले भने, ‘पार्टीको छलफलमा केही साथीहरूले लिनुभएको पोजिसन के छ भन्ने हाम्रोभित्र त परम्परा छैन। परम्परा छैन भने त्यो तोड्नुपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन।’
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई निलम्बन गर्न सबैले आवाज उठाउनुपर्ने उनले बताए । ‘अनुसन्धनमा कांग्रेस कतै पनि जोडिनुहुँदैन । यसका लागि सबैले आवाज उठानुपर्छ ,’ थापाले भने । उनले भने, ‘यो बेलामा मेरो नजिकको र सम्बन्ध छ भनेर हुँदैन। मेरो हकमा पनि त्यही हो अर्काकोमा पनि त्यही हुनुपर्छ।’ यस्तै उनले चुनावअघि सरकार बनाउनका निम्ति गठबन्धन गर्ने कुरा अलोकतान्त्रिक भएको बताए । ‘हाम्रो यो भुल हो । हामी रोक्न चाहन्थ्यौं । रोक्न सकेनौं ।’ अब कांग्रेसलाई नेताबाट नागरिकतिर फर्काउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण