लमजुङको जङ्गलमा बन्दै ‘सतीदेवी’
काठमाडौँ । फिल्म ‘सतीदेवी’ अहिले छायाङ्कनमा रहेको फिल्म हो । करिब तीन साताअघि छायाङ्कन सुरु भएको फिल्मको यतिबेला लमजुङमा छायाङ्कन भइरहेको छ ।
फिल्मको लमजुङ आसपासका जङ्गलमा छायाङ्कन भइरहेको निर्देशक लक्ष्मण सुवेदीले बताए । फिल्मको ८० प्रतिशत भन्दा बढी छायाँकन भइसकेको उनले जानकारी दिए ।
सञ्चारकर्मीसमेत रहेका सुवेदीको यो नारी प्रधान फिल्म ‘सतीदेवी’को केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् । फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायतको अभिनय रहनेछ ।
दिलासा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । चलचित्रको गीत पनि सुवेदी आफैले लेखेका हुन् । फिल्ममा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ भने रामजी लामिछानेले कोरियोग्राफी छ ।
काठमाडौँ, तनहुँपछि फिल्म युनिट छायाङ्कनका लागि लमजुङ पुगेको हो ।
फिल्म आफूले सोचभन्दा राम्रोसँग छायाङ्कन गर्न सफल भएको निर्देशक सुवेदीले बताए । सुवेदीले यस अगाडि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण