शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान खरिद गर्न सहयोग गर्ने

शनिबार, ०६ जेठ २०८०, ११ : १६
शनिबार, ०६ जेठ २०८०

वासिङ्टन । अमेरिकाले युक्रेनलाई लडाकु विमान खरिद गर्न सहयोग गर्ने भएको छ । जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् ।  यसका साथै युक्रेनी पाइलटहरूलाई यो उडान गर्ने तालिम पनि दिइनेछ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएको बताएका छन् । 

विगत केही महिनादेखि युक्रेनका लागि लडाकु विमानको माग गर्दै आएका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यो निर्णयले आफ्नो देशको सैन्य शक्तिमा थप वृद्धि हुने बताएका छन् । अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् । यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप