अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान खरिद गर्न सहयोग गर्ने
शनिबार, ०६ जेठ २०८०, ११ : १६
वासिङ्टन । अमेरिकाले युक्रेनलाई लडाकु विमान खरिद गर्न सहयोग गर्ने भएको छ । जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् । यसका साथै युक्रेनी पाइलटहरूलाई यो उडान गर्ने तालिम पनि दिइनेछ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएको बताएका छन् ।
विगत केही महिनादेखि युक्रेनका लागि लडाकु विमानको माग गर्दै आएका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यो निर्णयले आफ्नो देशको सैन्य शक्तिमा थप वृद्धि हुने बताएका छन् । अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् । यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण