जुनसुकै पार्टीको होस्, भ्रष्टाचारीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ
गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले जुनसुकै पार्टीको भए पनि भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रूपान्तरण सहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको जिकिर गरे । ‘अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेता कार्यकर्ता दोषी देखिए उनीहरूलाई पनि कारबाही हुन्छ,’ उनले भने ।
श्रेष्ठले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे । उनले सामाजिक न्याय सहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न अपिल गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सम्पूर्ण नेता कार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै कोही कसैले गुटबन्दी गरे, त्यो अपराध हुने जिकिर गरे
उनले माओवादी केन्द्र बृहत् बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताए । ‘एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौँ । छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौँ,’ मन्त्री श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण