अनुमति नलिएकालाई अन्तर्वार्ताका लागि स्थान नदिन विभागको आग्रह
काठमाडौँ । वैदेशिक रोजगार विभागले अनुमति नलिएका म्यानपावर व्यवसायीले गर्ने कुनै पनि कार्यक्रमका लागि स्थान उपलब्ध नगराउन आग्रह गरेको छ । पछिल्लो समय अनुमति नलिएका म्यानपावर व्यवसायीले गैर कानुनी रूपमा अन्तर्वार्ता लगायतका कार्यक्रम गर्दै आएका छन् । त्यस्तो कार्यलाई रोक्न विभागले लाइसेन्स नभएका वा कार्यक्रम गर्न विभागबाट अनुमति नलिएकालाई कार्यक्रम गर्न नदिन होटेल, पार्टी प्यालेसहरूलाई आग्रह गरेको हो ।
विभागका निर्देशक गोपालराज तिमल्सिनाले विभागको अनुमति विना महंगा होटेल तथा पार्टी प्यालेसहरूमा अन्तर्वार्ता लगायतका कार्यक्रमहरू आयोजना गर्ने गरिएको उनको भनाई छ । होटेल तथा पार्टी प्यालेसहरूले यस्ता संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा विभागको अनुमति लिए/नलिएको एकिन गरेर मात्र कार्यक्रम सञ्चालन गर्न आफ्नो होटेल तथा पार्टी प्यालेस उपलब्ध गराउन तिमल्सिनाले अनुरोध गरे ।
पछिल्लो समयमा टिकटक, फेसबुक तथा भाइवरमार्फत नेपालीहरूलाई विदेशका विभिन्न मुलुकमा आकर्षक तलब सुविधा देखाइ प्रलोभनमा पार्ने र पैसा उठाइ अलपत्र पार्ने क्रम बढ्दै गएको भन्दै विभागले सचेत रहन सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण