जसपा संसदीय दलको नेता बने उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकमा उपेन्द्र यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको जसपा नेपालका सांसद प्रदीप यादवले रातोपाटीलाई जानकारी दिए ।
जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दिपेन्द्र झा र अर्जुन थापा सदस्य थिए । सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचन समबन्धी बैठक बोलाएको थियो । बैठकले सर्वसम्मतिबाट उपेन्द्र यादवलाई दलको नेता चयन गरेको सांसद यादवले जानकारी दिए ।
संसदीय दलको नेता चयन भएका यादव जसपा नेपालको अध्यक्षसमेत हुन् । उनी गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा उपेन्द्र यादव सप्तरीबाट पराजित भएका थिए । उपेन्द्र यादव संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका थिए । उनी उपराष्ट्रपति भएपछि उनकै निर्वाचन क्षेत्र बारा–२ बाट उपेन्द्र यादव संघीय संसदमा प्रवेश गर्न सफल भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण