लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण गराएका छन् । गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । यस्तै खनाललाई भने सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री चौधरीले विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोकेका छन् । जसअनुसार विनाविभागीय मन्त्री धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण