सगरमाथा आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक बुढा मगर बेलायतमा सम्मानित
लन्डन । दुवै खुट्टा गुमाएका सगरमाथा आरोहण गरेर कीर्तिमान कायम राख्न सफल भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगर बेलायतमा सम्मानित भएका छन् । उनले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका थिए ।
उनीसहित बेलायतका अन्य दश व्यक्तिलाई बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसर सन् २०२३ का चर्चित व्यक्तित्वको सूचीमा राखेर सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा शुक्रबारमात्रै सगरमाथाको सफल आरोहण गरेका भूतपूर्व गोर्खा सैनिक (डबल एम्पुटी अबोभ नी) हरि बुढा मगर, बीबीसी मास्टरसेफ विजेता सन्तोष साह, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा, बेलायतको टोटेनह्याम फुटबल क्लबसँग आवद्ध खेलाडी अस्मिता आले, चर्चित नेपाली चित्रकार गोविन्द साह ‘आजाद,’ एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, ब्रिटिश आर्मीका सेवानिवृत्त मेजर जुदबहादुर गुरुङ, बेलायतको किइल युनिभर्सिटीमा जनस्वास्थ्य विषयकी प्राध्यापक डा. प्रियंवदा पौड्याल, म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) युकेका अध्यक्ष, भूतपूर्व गोर्खा सैनिक, कमल पुर्जा, एवं कलाकार तथा नायक ध्रुव दत्तलाई सम्मान गरिएको थियो।
त्यस्तै बेलायतमा कार्यरत सामाजिक संघ संस्थाहरुमध्येबाट नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको टिमलाई सम्मानित गरिएको थियो । आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल बाहिर रहेर पनि नेपालको उन्नतिमा सघाई रहेको पहिलो पुस्ताको योगदान महत्त्वपूर्ण रहेको बताए ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले बेलायतको समाजलाई सुसूचित गर्ने काम समाजसेवा र आफ्नो क्षमताको प्रदर्शन पनि भएको बताए। एनआरएनए आइसीसीका उपाध्यक्ष डा हेमराज शर्माले बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिने, गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा बारे गहन छलफल भइरहेको बताए ।
उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको शुभकामना बीबीसी नेपाली सेवाकी पूर्व प्रस्तोता संगीता मरहट्टाले पढेर सुनाएकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपप्रमुख रोशन खनाल, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ, एनआरएनए युकेका अध्यक्ष सुनिल खड्का, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, बीबीसी नेपाली सेवाका पूर्व संचारकर्मीद्वय सुमन खरेल तथा भगीरथ योगी, कृष्ण भट्ट लगायतले शुभकामना दिएका थिए ।
त्यस्तै सुजन पराजुली तथा विकी सापकोटाले सांगीतिक प्रस्तुति दिएका थिए भने विमला बुढाथोकीले नृत्य प्रस्तुत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण