सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा हुने २१ औं गोर्खाकपको तयारी पूरा

सोमबार, ०८ जेठ २०८०, २१ : २९
सोमबार, ०८ जेठ २०८०

लन्डन । बेलायतवासी नेपाली समुदायकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको रूपमा स्थापित गोर्खाकपको २१ औं संस्करण यही मे २८ तारिख आइतबार  हुँदैछ । 

करिब ६ हजार दर्शकहरुको सहभागिता हुने अपेक्षा राखिएको उक्त फुटबल प्रतियोगिताको तयारी पूरा भइसकेको आयोजक संस्था तमुधिं यूकेले आइतबार सम्पन्न पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिने सो प्रतियोगितामा करिब ४२ हजार पाउण्ड अर्थात झन्डै ७० लाख नेपाली रुपैयाँ खर्च हुने आयोजकले बताएको छ । 

गोर्खा कपको भीभीआइपी अतिथीहरुमा ग्रीस र डेनमार्कका युवराज फिलिपोस र युवराज्ञी निना, प्रमुख अतिथि रसमोर मेयर क्लाइभ ग्रयाटन, विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदानसहित करिब डेढ सय जना अतिथिको उपस्थिति रहनेछ ।

गोर्खा कपमा यसपटक मेन ९मुख्य समूह० मा ३२ र भेट्रानतर्फ १० टिम एवं दुई महिला टिमबीच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन क्याटोगोरिजतर्फ प्रथम हुने टिमलाई २५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा दोस्रोलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइनेछ ।

२१ औं गोर्खाकप संयोजक तथा तमुधिं यूके स्पोर्टस् सेक्रेटरी क्या. रि. दीपक घलेका अनुसार  भेट्रानतर्फ प्रथम हुने टिमलाई १२०० पाउण्ड र दोस्रो हुने टिमलाई ८ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरिनेछ । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोस्रो हुनेलाई तीनसय पाउण्ड प्रदान गरिने छ । यसैगरी ठेलोमा मेन र भेट्रान दुवैतर्फ पहिलो हुनेलाई २०० पाउण्ड र दोस्रोलाई एकसय पाउण्ड पुरस्कार दिइने  घलेले जानकारी दिए ।प्रतियोगिताका लागि नेदरल्याण्ड्स, वेल्स्, स्कटल्याण्ड र नेपालबाट समेत खेलाडी सहभागी हुने भएका छन् ।

गोर्खाकप सम्पूर्ण बेलायतवासी नेपालीबीच एकता र सद्भाव मजबुत बनाउने साझा कार्यक्रम भएको तमुधिं यूके अध्यक्ष हरि गुरुङले  बताए । कार्यक्रम सफल पार्न हामी सबैको दायित्व भएकोले उक्त दिन सबै जनालाई उपस्थित हुन गुरुङले आव्हान गरेका छन्   ।

यसपटकको खेलमा प्रमुख आकर्षकको रूपमा बेल्जियमको नेशनल टिम अण्डर १६ खेलाडी गोरख घलेको विशेष उपस्थिति, दोस्रो पटक महिला टिमको प्रतिष्पर्धा, प्यारासुट डिस्प्ले, नेपाली मौलिक सांस्कृतिक प्रस्तुतिलगायत हस्तकला, नेपाली पोसाक, खाना र च्यारिटी गरी ८२ वटा स्टलहरु राखिनेछन् ।

प्रतियोगिताको लागि सुरक्षा प्रबन्धलाई पनि विशेष जोड दिइएको तमुधिं यूकेले जनाएको छ । करिब छ दर्जन सेक्युरिटिकासाथै एम्बुलेन्स र प्रहरीकोसमेत स्टल रहनेछ ।

गोर्खा कपबाट संकलित रकम लागूऔषध सेवनविरुद्ध सचेतना, स्थानीय समुदायसँग अन्तरघुलन, तमु भवनका लागि कोष संकलन, टर्की र सिरियाका  भूकम्पपीडितलाई सहयोग गर्ने  मुख्य उद्देश्य रहेको संयोजक तथा स्पोर्टस् सेक्रेटरी घलेले  जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप