खाण निकटलाई देउवाले भने-बालकृष्ण पैसामा बिक्ने मान्छे होइन, चिन्ता लिनु पर्दैन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।
मंगलबार देउवा निवास धुम्बाराही पुगेकाे खाण निकट नेता कार्यकर्ताको टोलीलाई सभापति देउवाले खाण पैसामा बिक्ने मान्छे नभएको भन्दै चिन्ता नगर्न भनेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य राधा घले, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, लुम्बिनी प्रदेशकी पूर्व सांसद विनदया कार्की, महाधिवेशन प्रतिनिधि पर्वतकी मुना भुसाल, तरुणका साेलुखुम्ब अध्यक्ष अशाेक झाले खाणबारे देउवासँग जिज्ञासा राखेका थिए ।
देउवाले उनीहरुसँग भने,"खाणा पैसा खाने मान्छे होइन । उहाँ गल्ती गर्ने मान्छे होइन । गल्ती नगरेपछि किन डराउनु । तिमिहरूले चिन्ता लिनुपर्दैन । म लागेको छु । "
उनीहरूकाे टाेलीले देउवालाई भेट्नुअघि कांग्रेस केन्द्रीय सदस्य तथा खाणकी पत्नी मन्जु पनि धुम्बाराही पुगेकी थिइन् ।
आज बिहान साढे ९ बजे धुम्बाराही पुगेकी मन्जुले आधा घण्टा देउवासँग कुराकानी गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण