१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
सारांश
- आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा रहेको विधेयकबिच २० पेजको फरक देखिएको छ ।
- सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले गुनासो गरेका छन् ।
- काठमाडौँ उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरिएको छ ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ ।
१. आर्थिक विधेयकमा २० पेजको झमेला
सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेटसँग जोडिएको आर्थिक विधेयक संशोधनको यतिबेला व्यापक चर्चा छ । संसद्को वेबसाइटमा रहेको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा रहेको विधेयकबिच २० पेजको फरक देखिन्छ । यसअघि अर्थ मन्त्रालयले राख्दै निकाल्दै गरेको विधेयकमा क्रमशः सङ्ख्या घट्दै गएका छन ।
२. सिरहा मोबाइल नष्ट प्रकरण
गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका परीक्षा हलबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले आफ्नो महत्त्वपूर्ण विवरणहरू गुमाउनु परेको गुनासो गरेका छन् ।
३. काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वान
रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौँ उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ ।
४. भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आउने
क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने चार हजार भाइल ‘कार्बोप्लाटिन’ औषधि नेपाल भित्रिँदैछ । औषधि व्यवस्था विभागको समन्वयमा औषधि आयातकर्ताहरूले भारतबाट चार हजार भाइल ‘कार्वोप्लाटिन’ औषधि ल्याउन लागेका हुन् ।
५. रास्वपा अधिवेशनका क्रममा केही जिल्लामा विवाद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । वडा र पालिका तहका निर्वाचनहरू सम्पन्न भएसँगै आज र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन हुन लागेको रास्वपाले जनाएको छ । जिल्ला अधिवेशनका क्रममा केही जिल्लामा भने कुटाकुट समेत भएको छ । पर्सा र सुनसरीमा विवादले उग्र रुप लिएको हो ।
६. परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबिच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भ्रमणका क्रममा आजै परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेबिच भेटवार्ता भएको थियो ।
७. प्रधानमन्त्री बालेनको अभिव्यक्ति विरुद्ध प्रदर्शन
सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिवार काठमाडौँमा प्रदर्शन गरेको छ ।
८. श्रीमतीको हत्या गरेको अभियोगमा थापा पक्राउ
काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
९. विवाद सुल्झाउन कांग्रेस केन्द्रीय नेता धनगढीमा
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केही केन्द्रीय नेता धनगढी पुगेका छन् । उनीहरु असन्तुष्ट पक्ष तथा मुख्यमन्त्रीसँग छलफल गरिरहेका छन् ।
१०. क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गरिँदै
प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक एक लाख जनामा ५३ जनाको मृत्यु हुने गरेको पाइएको छ ।
११. शनिबार विशेष
१२. विश्वकप
- थप समाचारहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण