शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार कम हुन्छ: महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताए । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताए ।
उनले भने, ‘लोकसेवा आयोगको भूमिका बढाउनेदेखि लिएर प्रदेशलाई सञ्चालन गर्ने कुरासँग स्वार्थको द्वन्द्वको कानुनदेखि लिएर संवैधानिक निकायका नियुक्ति सम्मका विषयहरू एक ठाउँ जोडेर राख्यो भने मात्रै हामीले यो नीतिबाट भ्रष्टाचार न्यून गर्छौँ । सुशासन गर्छौँ भनेको लक्ष्य प्राप्त हुने रहेछ । न कि हामीले अख्तियार बलियो बनाउँछु, दुई, तीन वटा काम गर्छु भनेर मात्र नहुने रहेछ । शिक्षा र स्वास्थ्यमा चाहे राजनीतिकर्मी हुन्, चाहे निजामती सेवा, प्रहरी प्रशासन, अड्डा, अदालत जहाँका हुन् हामीले भन्ने गरेको गुणस्तरीय शिक्षा, हामीले भन्ने गरेको गुणस्तरीय स्वास्थ्य यो दुई वटाको पहुँच सर्वसुलभ, संविधानको वाचा अनुसार निःशुल्क प्राप्त गर्ने हो भने यसले नेपालमा भ्रष्टाचारलाई कम गर्ने कुरामा कति ठुलो अर्थ राख्ला ? म सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले यो वर्ष सरकारको नीति तथा कार्यक्रम जसरी आए पनि अर्को वर्षदेखि भने सुधार हुनुपर्ने धारणा राखे । ‘अर्को वर्ष पनि नीति कार्यक्रम यसरी नै आउने हो, बजेटको सिद्धान्तमाथि छलफल यसरी हुने हो भने मैले अन्य माननीयहरूलाई पनि आग्रह गर्छु, त्यस्तो बजेटको सिद्धान्तको छलफलमा भाग नलिऊँ । सरकारको पनि समय बरबादी हुन्छ । हाम्रो पनि समय बरबादी हुन्छ । यसलाई बदल्नुपर्छ । बदल्ने तरिका छ । बदल्ने तरिका हामी मिलेर बदल्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण