शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

२२ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट बरामद

बुधबार, १० जेठ २०८०, १६ : ०२
बुधबार, १० जेठ २०८०

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट बरामद गरेको छ । भन्सार छलेर ल्याएको २२ लाख ३० हजार ५ सय मूल्य पर्ने इलेक्ट्रिक सिगरेट, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बुधबार बिहान अवैध रूपले ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । गस्तीमा सशस्त्र प्रहरीलाई देख्नासाथै आरोपीहरु सामान छाडेर भागेका थिए । 

बरामद सामान सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप