शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘टुल्की’ १२ गतेदेखि प्रदर्शन हुने, फिल्म सबैले हेर्नुपर्ने बनेको छ : निर्देशक देव

बुधबार, १० जेठ २०८०, १६ : २८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । निर्देशक देव थापाले फिल्म ‘टुल्की’ अर्गानिक कथामा निर्माण भएको सबैले हेर्नैपर्ने फिल्म भएको बताए । फिल्मले हिमाली क्षेत्रमा रहेको बहुपति प्रथा उजागर गर्न खोजेको उनको भनाई थियो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक थापाले फिल्म मार्फत स्थानीय कथा जस्ताको तस्तै मनोरञ्जनात्मक तवरबाट पस्किएको बताए ।

‘हामीले फिल्ममा हिमाली क्षेत्रमा अहिले पनि प्रचलनमा रहेको बहुपति प्रथाको विषय राखेका छौ’, निर्देशक थापाले भने, ‘स्थानीय क्षेत्रमा जे छ । त्यही फिल्ममा देखाएका छौ । दर्शकले रुचाउनु हुन्छ ।’ निर्माता शेखर लामाले देशको कलासंस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्याउने उद्देश्यले फिल्म निर्माण गरेको बताए । ‘म पहिले देखिनै फिल्म क्षेत्रमा छु । फिल्मले मनोरञ्जनको अलवा कलासंस्कृतिको पनि वकालत गर्नसक्नुपर्छ भन्ने लाग्छ । त्यसैले यो फिल्म बनाएको हो’ लामाले भने ।

कार्यक्रममा फिल्मकी अभिनेत्री स्वस्तिमा कार्कीले बहुपति प्रथाले हिमाली भेगका महिला कति समस्यामा रहेछन् भन्ने अभिनय मार्फत बुझ्न पाएको बताइन् । निर्माता निर्देशक उदय सुब्बाले टुल्की फिल्म मात्र नभएर बिषेश फिल्म भएको बताए । उनले टुल्कीको बिषयवस्तु एकदमै राम्रो र अर्गानकि भएको भन्दै फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा प्रमोशनका लागि राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । 

निर्माता,निर्देशक तथा वितरक अशोक शर्मा,चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पत्रकार रामजी अवाले, ब्युटिसियन सुस्मा महरा, कलाकार कृष्ण मल्ल, संगीतकार चेतन सापकोटा लगायतले चलचित्रलाई सफलताको शुभकामना दिए । १२ जेठदेखि देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म एक करोड बढीको लगानीमा निर्माण भएको हो । फिल्मलाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो ।

शेखर लामाको प्रस्तुति र आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेका रहेको शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई उपत्यका बाहिर डीसीएन र उपत्यकामा रिच इन्टर्टेन्टमेन्टले वितरणको गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप