मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गिभिनाको टिकटक भिडियोबाट किन भए नर्सहरू आन्दोलित?

बुधबार, १० जेठ २०८०, २० : ११
बुधबार, १० जेठ २०८०

काठमाडौं । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटभित्र खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । 

गिभिना मगरले टिकटकमा राखेको भिडियोमा उनी र नर्सबीच चर्काचर्की भएको देखिन्छ । भिडियोको विरोध भएपछि गिभिनाले २ दुई बजे दिइने औषधि किन ४ बजे दिइएको भनेर सोध्दा उल्टै आकस्मिक केयरका नर्सले गाली गरेको बताएकी छन् ।

उक्त भिडियो फेसबुक,इन्स्टाग्राम, ट्वीटर, टिकटकमा भाइरल भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस हुन थालेको छ । नर्सिङ पेशाप्रति लक्षित गरी गाली गर्न थालिएपछि देशभरका नर्स आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघले भिडियो खिच्नेमाथि कारबाहीको माग गरेको छ । 

अस्पताल प्रशासनसँग अनुमति नलिई नर्स,बिरामी कुरुवाबीच भएको कुरालाई मगरले सामाजिक सञ्जालमा भिडियो बनाई यही वैशाख २८ गते पोष्ट गरेकी थिइन् ।

नर्सिङ संघका अध्यक्ष मन कुमारीराईले  क्यान्सर अस्पतालको आकस्मिक कक्षमा नर्स, बिरामी र कुरुवाबीच भएको संवादको विषयलाई सामाजिक सञ्चालमा गाली गलौज गरी अपशब्द प्रयोग सम्पूर्ण नर्सको आत्मसम्मान ठेस पुर्याउने छुट कसैलाई पनि नभएको बताइन् ।

अनुमति नलिई खिचेको भिडियो सामाजिक संजालमा प्रचार प्रसार गरिएको घट्नाको सत्य तथ्य नबुझी एकपक्षिय ढंगबाट नर्सिङ पेशा प्रति अपमानजनक शब्दहरु प्रयोग गरिएको अध्यक्ष राईको भनाइ छ ।

उनले भनिन् ‘वास्तविकता नबुझी सतहीमा प्रतिक्रिया दिइने कारण समाजमा नर्सिङ पेशाप्रति घृणा फैलाइने वातावरण सिर्जना भयो ।’ गिभिना–१८ लगायत विभिन्न नामबाट टिकटक, युट्यूव, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरी आफ्ना फलोअर्स र भ्यूज बढाउने नाममा यस्तो कार्य गरिएको उनको जिकिर छ । 

यस्तो गतिविधिले नर्सिङ पेशामा प्रतिबद्ध भई कोभिड– १९ को महामारीको जोखिमपूर्ण स्थितिमा अहोरात्र अग्रपंक्तिमा खटिई बिरामीको सेवा गर्ने नर्सहरूको आत्मसम्मान र मनोबल गिराउने, आम नर्सहरूको कार्य क्षमतामा ह्रास आएको संघका अध्यक्ष राईको भनाइ छ ।

IMG_7342

अस्पतालमा के भएको थियो ?

भरतपुर अस्पतालमा क्यान्सरपीडित एक १६ वर्षीया बालिका विगत एक वर्षदेखि उपचाररत छिन् । उनमा रगतको मात्रा कम देखिएपछि चिकित्सकले रगतको मात्रा बढाउने औषधि लेखिदिए । त्यसपछि नर्सले औषधिको रेकर्ड २ बजे लेखिदिइन् तर बालिकालाई औषधि भने ४ बजे दिइएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी नर्सिङ प्रमुख सबिता पन्थीले बताइन् ।

सो औषधि २४ घण्टामा एकपटक दिइनुपर्छ । २४ घण्टा पुग्न बाँकी हुँदा अर्थात् भोलिपल्ट पुनः सिरिन्जबाट औषधि लगाउन अस्पतालमा २ बजे ती बालिकासँग गिभाना पनि पुगेकी थिइन् । 

औषधि लगाएको २४ घण्टा नपुगेकाले केहीसमय कुर्न नर्सले आग्रह गरिन् । २ बजे औषधि दिइनुपर्ने किन ४ बजे  दिएको भनेर क्यान्सरपीडित बालिकासँग गएकी गिभानाले प्रश्न सोधेकी थिइन् । 

त्यस क्रममा गिभाना र नर्सबीच भनाभन भएको कुरा गिभानाले भिडियो खिचेकी रहेछिन् । थाहा नपाइकन खिचिएको १ मिनेट १५ सेकेन्डको भिडियो गिभानाले पोष्ट गरिन् । भिडियोमा औषधिको असरबारे सोध्दा नर्सहरूले बिरामी र आफूमाथि अपमानजनक शब्द प्रयोग गरेको भिडियोमार्फत् बताएकी छन् । यद्यपि दुवै पक्षबीच भएको पूर्ण संवाद भिडियोमा राखिएको छैन । 

IMG_7339 (1)

नर्स र गिभानाबीच भनाभन भएको भिडियो भाइरल भएपछि जेठ ४ गते अस्पताल प्रशासन, नर्स र गिभिनाबीच वार्ता भई एकअर्काेसँग माफी मागेको नर्सिङ प्रमुख पन्थीले बताइन् । त्यसपछिसबैजना  काममा लागे । तर, गिभानाले पुनः अस्पताल र नर्सहरूले गाली गालोज गरेको भन्दै  अर्को भिडियो पोष्ट गरिन् । त्यसपछि नर्सहरू आन्दोलनमा उत्रिएको उनले बताइन् ।

यस भिडियोले अस्पतालमा नर्सहरूले काम गर्ने मनोविज्ञानमा गहिरो नकारात्मक प्रभाव परेकाले असहज भएको पन्थीले बताइन् ।

पन्थीका अनुसार औषधि प्रिस्क्राइव गर्दा स्टार्ट, क्यूवाइडी, एसओएस, टिडिएस गरी४ वटा टर्मिनोलोजी प्रयोग हुन्छ । स्टार्ट टर्मिनोलोजी प्रयोग गरी क्यान्सरपीडित बालिकालाई औषधि प्रयोग सुरु गरिएको थियो । स्टार्ट भन्नाले औषधि सुरु गरी अर्को मात्रा २४ घण्टाभित्र प्रयोग गर्नुपर्छ । क्यूवाइडी भन्नाले दिनमा ४ पटक, टीडिएस भन्नाले दिनको ३ पटक, एसओएस भन्नाले आवश्यकताअनुसार  प्रयोग गर्नुपर्छ ।

गिभिनाविरुद्ध नर्सिङ संघ चितवनले प्रहरीमा उजुरी दिएको उनले बताइन् । यता यही प्रकरणमा काठमाडौँको माइतीघर मण्डलामा नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप