गण्डकी प्रदेशको आगामी बजेट : स्थानीय तहलाई सशर्त अनुदान घटाउने, निशर्त बढाउने
पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले मगरले प्रथम पञ्चवर्षीय योजना र दिगो विकास लक्ष्यलाई पूरा गर्न आगामी बजेट केन्द्रीत हुने बताएका छन् ।
प्रदेश सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुतका क्रममा मनत्री मगरले उक्त भनाई राखेका हुन् ।
प्रदेश सरकारले प्राप्त अनुदानको उद्देश्यअनुरुप परिचालन गर्ने नीति लिने उनको भनाइ छ । बजेटमार्फत् स्थानीय तहमा हस्तान्तरित अनुदानलाई समेत उद्देश्यअनुरुप कार्यान्वयन गर्न नियमित अनुगमन, ज्ञान हस्तान्तरण, अन्तर्क्रियामार्फत् स्वामित्वभाव अभिवृद्धि गर्ने उनले बताए । साथै, स्थानीय तहमा हस्तान्तरण हुने अनुदानमा सशर्त अनुदानको मात्रा घटाउँदै निशर्त अनुदानमा अभिवृद्धि गर्दै जाने उनले बताए ।
सूचना तथा सञ्चार प्रविधिको पूर्वाधार विकास र विद्युतीय प्रणालीमा आधारित सेवा प्रवाहलाई जोड दिने गरी बजेट बन्ने उनको भनाइ थियो । जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिँदै अधुरा र दायित्व सिर्जना भइसकेका आयोजनाहरु सम्पन्न गर्ने उनले बताए ।
बजेट प्रस्तुत गर्दा सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, विस्तृत डिजाइन, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मुल्याङ्कन तथा रेखाङ्कन सुनिश्चितता भइसकेकालाई प्रथामिकता दिने उनले जानकारी दिए । ‘ऐतिहासिक, धार्मिक, साँस्कृतिक सम्पदा र अन्य पर्यटकीय स्थलहरुको खोज, पर्यटन पूर्वाधार विकास र प्रवद्र्धन गरी आन्तरिक आय अभिवृद्धि गरिनेछ,’ उनले भने ।
बजेटले प्रदेशका सम्भाव्य स्थानहरुमा कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम, चक्लाबन्दीमा आधारित सामूहिक खेती, बाँझो जग्गामा खेती गर्नेजस्ता प्रोत्साहनमूलक कार्यक्रम गर्ने उल्लेख छ । उनले अगाडि भने, ‘अनुसन्धानमूलक शिक्षामार्फत् खोज अन्वेषण प्रवद्र्धन गर्न बजेटमा जोड दिइनेछ ।’
_UAIbHKA4pF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण