पाकिस्तानका स्वास्थ्यमन्त्रीले इमरान खानको मानसिक अवस्थामाथि उठाए प्रश्न
इस्लामावाद । पाकिस्तानका स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले शुक्रबार इमरान खानको मानसिक अवस्थाबारे प्रश्न उठेको बताएका छन् । उनले पूर्वप्रधानमन्त्रीको पिसाबको नमूनामा रक्सी र कोकिनको प्रमाण भेटिएको आरोप लगाए ।
उनले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख खानको मेडिकल रिपोर्टबारे पत्रकार सम्मेलन गरेका हुन् । ९ मे मा, खान अल-कादिर ट्रस्ट घोटाला मामिलामा पक्राउ परेका थिए जसपछि उनको स्वास्थ्य जाँचको लागि पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा नमूनाहरू लिइएको ।
उनका अनुसार पाँच जना वरिष्ठ चिकित्सकको टोलीले खानको मानसिक अवस्थाबारे प्रश्न उठाइरहेको छ । उनले खानको मेडिकल रिपोर्ट आधिकारिक दस्तावेज भएकाले देशलाई देखाइने बताए ।
पाकिस्तानी मिडियाका अनुसार मेडिकल रिपोर्टमा डाक्टरहरूले इमरान खानसँग लामो समयसम्म कुरा गर्दा उनको व्यवहार फिट व्यक्तिको जस्तो थिएन भन्ने लेखिएको छ । पटेलले खानको पिसाबको नमूनाको प्रारम्भिक परीक्षणमा रक्सी र कोकिनको प्रमाण भेटिएको पनि आरोप लगाए । मन्त्रीले खानको खुट्टामा भाँचिएको कुनै लक्षण नभएको भन्दै ‘पाँच–छ महिनासम्म किन प्लास्टर गरिएको ?’ भन्दै प्रश्न गरे ।
यसैबीच इमरान खानको पार्टीले मन्त्रीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
-
लामो समय अलपत्र मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण