अमिर खान 'दंगलकी छोरी' फातिमा सानासँग डेटमा
मुम्बइ । अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएका थिए ।
यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । यसै क्रममा टविटरमा के आरकेले बलिउड अभिनेता आमिर खानले आफ्नी सह कलाकार अभिनेत्री फातिमा सनासँग विवाह गर्ने नयाँ दाबी गरेका छन्, जुन उनको तेस्रो विवाह हुनेछ ।
वाईआरएफको ठग्स अफ हिन्दोस्तानमा सँगै काम गरेपछि फ्यानले आमिर खान र फातिमा सनाको जोडीलाई हेरिरहेका थिए । यसै क्रममा दुवैको डेटिङको हल्ला चलेको थियो । यसैबीच, दुवै स्टारको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनीहरु पिकलबल खेल्दै देखिएका छन् । यो भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिएका छन् ।
तर अहिले केआरकेले ट्वीट गर्दै दावी गरेका छन् । उनले लेखेका छन्, ‘ब्रेकिंग न्यूजः आमिर खान छिट्टै आफ्नी छोरी फातिमा सना शेखसँग विवाह गर्न लागेका छन् ।
आमिर खान आफ्नो फिल्म दंगलको समयदेखि सनालाई डेट गरिरहेका छन्।’ यो ट्विट देखेपछि मानिसहरुले अभिनेतालाई ट्रोल र प्रतिक्रिया दिन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण