मकवानपुरगढी अवलोकनपछि सांसद गोसाईको टिप्पणी– ऐतिहासिक गढीहरु इतिहासका दर्पण
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् नेमकिपाका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले ऐतिहासिक सम्पदा संरक्षणको दायित्व महत्त्वपूर्ण रहेको बताएका छन् ।
आइतबार बस्ने प्रदेशसभा बैठकमा उपस्थित हुन हेटौंडा आउने क्रममा कान्ति लोकपथ अन्तर्गत पर्ने मकवानपुरगढीको अवलोकनपछि उनले ऐतिहासिक गढीहरु इतिहासका दर्पण रहेको टिप्पणी गरे ।
उनले मकवानपुरगढी दरबार संरक्षणका लागि भइरहेको जीर्णोद्धार कार्यप्रति खुसी व्यक्त गरेका छन् । ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न नसक्दा आफूहरु नालायक ठहर हुने उनले बताए ।
‘मकवानपुरगढी जीर्णोद्धार कार्य भइरहेको देख्दा खुसी लागेको छ । धेरै अगाडि नै पुग्ने इच्छा हुँदाहुँदै यस पटक जु¥यो,’ उनले भने, ‘ऐतिहासिक सम्पदा संरक्षण अति आवश्यक हो । ऐतिहासिक गढी र सम्पदाहरु हाम्रो इतिहासको दर्पण हो । यस्ता पुर्खाका स्मारक संरक्षण गर्न सकेनौं भने हामी नालायक ठहरिन्छौं ।’
प्रदेशसभा सदस्य गोसाईले इतिहासलाई गुम्न दिन नहुने र ऐतिहासिक गढीका संरचनाहरुले रणनीतिक महत्त्व राख्ने गरेको उल्लेख गरे । ‘मकवानपुरगढी पुग्दा इतिहासको एउटा पृष्ठ पढेझैं अनुभूत भयो । इतिहास हराएको समाज रातको समय जंगलमा हराएको मानिसझैं हुन्छ । यो संरचनाको रणनीतिक महत्त्व तथा विगतको रणकौशल मथिंगलमा नाच्यो,’ उनले भने, ‘गढीलाई सन्तान दरसन्तानलाई हस्तान्तरण गर्ने सोचसहित संरक्षण कार्य निरन्तर जारी राख्न आवश्यक छ । गढीको वरपरको हरियाली अर्को आकर्षण हो ।’
हरियाली तथा फूलबारीको विस्तार र सरसफाइको राम्रो बन्दोबस्त भए आन्तरिक पर्यटनको विकास हुने उनको भनाइ छ । मकवानपुर गढी पुर्खाको महत्त्वपूर्ण नासो तथा आजको हेटौंडा र मकवानपुरको लोभलाग्दो गहना रहेको उनले बताए ।
मकवानपुरगढीका केही तस्बिर
_UAZQdyou9K.jpg)
_2kUmP8LSIy.jpg)
_ZBZImouGaU.jpg)
_sYf2IULG4C.jpg)
_GG3XpVoIVa.jpg)
_pxhJsJSIar.jpg)
_PmUN4JWm8i.jpg)
_qYA8NLb4Vf.jpg)
_NMKCDC7Yox.jpg)
_OfeDxe2NXK.jpg)
_djjZZ87G7K.jpg)
_4YIdegI0xO.jpg)
_vHZ6SuUX0l.jpg)
_xPhcAznmDK.jpg)
_a1H82aDwyI.jpg)
_Jt5UPOYjXh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण