पर्यटक आगमन बढेसँगै १९० प्रतिशतले राजस्व बढ्यो
काठमाडौँ । पछिल्लो समय विदेशी पर्यटकहरुको आगमन बढेसँगै पर्यटन राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ । नेपाल सरकारका अनुसार सन् २०२२ मा पर्यटनतर्फको राजस्व मात्र १९० प्रतिशतले वृद्धि भएको हो ।
कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै जाँदा सन् २०२२ मा ६ लाख १४ हजार ८ स य ६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यो स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेकको तथ्याङ्क हो । सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड–१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो।
यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई राजस्व समेत ४६ अर्ब ७६ करोड रुपैयाँ उठेको सरकारले जनाएको छ ।
सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा/मनोरञ्जन/यात्राको लागि भ्रमण गरेका थिए। यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण/साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए।
नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ । कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ। सन् २०२२ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्।
सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१ प्रतिशत, अमेरिकाबाट १२.५ प्रतिशत, बेलायतबाट ७.३ प्रतिशत, अष्ट्रेलियाबाट ४ं.४ प्रतिशत, बङ्गलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकहरुबाट ३७.६ प्रतिशत पर्यटक आएको सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण