सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटक आगमन बढेसँगै १९० प्रतिशतले राजस्व बढ्यो

आइतबार, १४ जेठ २०८०, १६ : २०
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । पछिल्लो समय विदेशी पर्यटकहरुको आगमन बढेसँगै पर्यटन राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ । नेपाल सरकारका अनुसार सन् २०२२ मा पर्यटनतर्फको राजस्व मात्र १९० प्रतिशतले वृद्धि भएको हो । 

कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै जाँदा सन् २०२२ मा ६ लाख १४ हजार ८ स य ६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

यो स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेकको तथ्याङ्क हो । सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड–१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो। 

यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई राजस्व समेत ४६ अर्ब ७६ करोड रुपैयाँ उठेको सरकारले जनाएको छ । 

सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा/मनोरञ्जन/यात्राको लागि भ्रमण गरेका थिए। यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण/साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए।

नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ । कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ। सन् २०२२ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्।

सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१ प्रतिशत, अमेरिकाबाट १२.५ प्रतिशत, बेलायतबाट ७.३ प्रतिशत, अष्ट्रेलियाबाट ४ं.४ प्रतिशत, बङ्गलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकहरुबाट ३७.६ प्रतिशत पर्यटक आएको सरकारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप