‘म्यान अफ दि वर्ल्ड’ मा सहभागी हुन लागेका विशाललाई ओली दिए शुभकामना
काठमाडौँ । फिलिपिन्सको मनिलामा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२३’ मा नेपालको प्रतिनिधित्व विशाल कटुवालले गर्ने भएका छन् । आगामी जुन १६ तारिखमा आयोजना हुने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका हुन् ।
फिलिपिन्सको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका विशाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् । बालकोटस्थित ओली निवासमा भएको भेटमा विशाललाई उनले नेपालको झन्डा समेत दिएका थिए ।
पेसाले इन्जिनियर रहेका विशाल कलाकारिताको क्षेत्रमा समेत क्रियाशील छन् । फिल्म ‘यात्रा’ मा सह कलाकारको रूपमा अभिनय गरेका उनले केही म्युजिक भिडियो र थुप्रै र्याम्प शो समेत गरेका छन् । विशाल ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का रनर अप समेत हुन् ।
प्रतियोगिताका नेपाल र नेपाल कला संस्कृति चिनाएर फर्किने विशालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण