आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘म्यान अफ दि वर्ल्ड’ मा सहभागी हुन लागेका विशाललाई ओली दिए शुभकामना

सोमबार, १५ जेठ २०८०, ११ : ३५
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । फिलिपिन्सको मनिलामा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२३’ मा नेपालको प्रतिनिधित्व विशाल कटुवालले गर्ने भएका छन् । आगामी जुन १६ तारिखमा आयोजना हुने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका हुन् । 

फिलिपिन्सको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका विशाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् । बालकोटस्थित ओली निवासमा भएको भेटमा विशाललाई उनले नेपालको झन्डा समेत दिएका थिए ।

पेसाले इन्जिनियर रहेका विशाल कलाकारिताको क्षेत्रमा समेत क्रियाशील छन् । फिल्म ‘यात्रा’ मा सह कलाकारको रूपमा अभिनय गरेका उनले केही म्युजिक भिडियो र थुप्रै र्‍याम्प शो समेत गरेका छन् । विशाल ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का रनर अप समेत हुन् ।

प्रतियोगिताका नेपाल र नेपाल कला संस्कृति चिनाएर फर्किने विशालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप