बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का

बिहीबार, ११ असार २०८३, २० : २२
बिहीबार, ११ असार २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का गरेको छ ।
  • विभागले अध्यागमन विभागलाई पत्राचार गरी उनको राहदानी रोक्का राख्न निर्देशन दिएको थियो ।
  • स्रोत नखुलेको रकम विदेशबाट ल्याएको आरोपमा छानबिन अवधिभर सुमार्गीलाई विदेश जानबाट रोक्न राहदानी रोक्का गरिएको हो ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का गरेको छ । मङ्गलबार विभागले उनको राहदानी रोक्का राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

सम्पत्ति शुद्धीकरणको पत्रको आधारमा अध्यागमनले उनको राहदानी रोक्का राखेको गृह मन्त्रालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

सम्पत्ति शुद्धीकरणले सुमार्गीको सम्पत्तिबारे छानबिन थालेको छ। छानबिन अवधिभर विदेश जान नपाउने गरी उनको राहदानी रोक्का गरिएको हो। विदेशबाट स्रोत नखुलेको रकम ल्याएको भन्दै सुमार्गी यसअघि विवादमा तानिएका थिए । उनी मुक्ति श्री सिमेन्ट इण्डष्ट्रिज प्रालिका अध्यक्ष हुन्। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप