विदेश घुम्न जाने नेपाली पर्यटकलाई ५ प्रतिशत कर
सोमबार, १५ जेठ २०८०, २१ : २६
काठमाडौँ । सरकारले विदेश घुम्न जाने नेपाली पर्यटकसँग समेत कर असुल्ने व्यवस्था सुरु गरेको छ ।
विदेश घुम्न जाने नेपालीहरुको संख्या प्रत्येक वर्ष उकालो क्रममा रहेको अवस्थामा कर असुल गर्ने भएको हो ।
आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा उल्लेख भएअनुसार विदेश घुम्न जाने नेपाली पर्यटकले अबदेखि भुक्तानी गर्ने रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने व्यवस्था भएको छ ।
र, यस्तो रकम वैदेशिक पर्यटनको प्याकेज बिक्री गर्ने बिक्रेताले नै लिनुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तै, फर्म वा कम्पनीले व्यवसाय प्रबद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तीलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकन गदा यो रकम भुक्तानी गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण