शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश घुम्न जाने नेपाली पर्यटकलाई ५ प्रतिशत कर

सोमबार, १५ जेठ २०८०, २१ : २६
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले विदेश घुम्न जाने नेपाली पर्यटकसँग समेत कर असुल्ने व्यवस्था सुरु गरेको छ । 

विदेश घुम्न जाने नेपालीहरुको संख्या प्रत्येक वर्ष उकालो क्रममा रहेको अवस्थामा कर असुल गर्ने भएको हो ।

आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा उल्लेख भएअनुसार विदेश घुम्न जाने नेपाली पर्यटकले अबदेखि भुक्तानी गर्ने रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन कर लाग्ने व्यवस्था भएको छ । 

र, यस्तो रकम वैदेशिक पर्यटनको प्याकेज बिक्री गर्ने बिक्रेताले नै लिनुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तै, फर्म वा कम्पनीले व्यवसाय प्रबद्र्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तीलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकन गदा यो रकम भुक्तानी गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप