प्रधानमन्त्री प्रचण्डको स्वागतमा यस्तो देखियो दिल्लीको सडक

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको स्वागत’मा दिल्लीका सडकहरु सजाइएको छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स सडकहरुमा सजाइएका हुन् ।
प्रधानमन्त्रीको एकल र भारतीय समकक्षी मोदीसँगका छुट्टाछुट्टै तस्बिरहरु विमानस्थल, हैदराबाद हाउस, बाह्रखम्बा, अशोक रोडलगायतका प्रधानमन्त्रीको सवारीको रुटमा टाँगिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा आउँदै छन् । भारतीय र नेपाली पक्षले आवश्यक तयारी पूरा भएको जनाएका छन् । प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री प्रचण्डलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच भारतका प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै भारतीय बुद्धिजीवी र बिभिन्न दलका नेताहरुसँग पनि प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद