‘कोशी’ नाम सच्याउन कांग्रेसका १४ जिल्ला सभापतिको माग
विराटनगर । ‘कोशी’ नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन ती बन्दै गएपछि नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरूले उक्त नाममा पुनः विचार गर्न आव्हान गरेका छन् ।
कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरूद्वारा संयुक्त रूपमा आज विज्ञप्ति जारी गर्दै नाममा पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नेपाली कांग्रेस लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक हो, अगुवा हो । नेपाली कांग्रेसले मात्र सङ्घीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्छ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नाम सम्बन्धमा पुनः विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ । यसैगरी घाइते आन्दोलनकारीहरू तथा सुरक्षाकर्मीहरूको यथोचित उपचारमा ध्यान दिइयोस् । संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान् मन्त्र हो भन्ने पनि सम्बन्धित सबैलाई स्मरण गराउँदछौ ।’
वार्ताबाट समस्याको समाधान खोज्न माग गर्दै उनीहरुले पहिचान पक्षधर जनताले आफ्नो माग सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भर्त्सना पनि गरेका छन् । ‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठुलो तप्काले अहिले विरोध गरिरहेको छ । यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जननायक विपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली कांग्रेसलाई दृढताका साथ उभ्याउनुभएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण