मालिकार्जुन गाउँपालिकामा ‘पढाइसँगै योग’ कार्यक्रम
दार्चुला । मालिकार्जुन गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरेर पढाइसँगै योग कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरूलाई योगाभ्यास गराउने भनी उल्लेख गरेको थियो । सोही आधारमा पालिकाभित्र रहेका ११ वटा माध्यमिक विद्यालयहरूमा पढाइसँगै योग समेत सिकाउन थालिएको हो ।
विद्यार्थीलाई योग र ध्यानका माध्यमबाट पढाइमा समेत टेवा पुग्नुका साथै स्वास्थ्य शरीर र स्वास्थ्य मस्तिष्क विकासमा समेत सहयोग पुग्ने उद्देश्यले योग सिकाउन थालिएको गाउँपालिकाको आयुर्वेद शाखाका वैद्य निरीक्षक दिवाकर जोशीले बताए ।
सुरुमा दुईवटा समुह बनाएर प्रत्येक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पाँच कार्यदिनको आधारमा योग अभ्यास सिकाइनेछ । त्यसपछि यसलाई कार्यदिन बढाउनुका साथै निमावि तहका विद्यार्थीहरूलाई समेत समेटेर योग अभ्यासलाई निरन्तरता दिइने योग प्रशिक्षक नरेश सिंह धामीले बताए ।
योगले विद्यार्थीहरूलाई किशोरावस्थामा विभिन्न कुलतबाट जोगाउने, ध्यान गर्ने बानीको विकास हुने, पढाइमा ध्यान केन्द्रित हुने, गलत विचारमा शून्यता आउने र आध्यात्मिक चिन्तनको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने धामीको भनाई छ ।
गाउँपालिकाले केही विद्यालयका विद्यार्थीहरूलाई योगाभ्यास सम्बन्धी प्रशिक्षण दिएको थियो । बाँकी विद्यार्थीहरूलाई अहिले दिइरहेको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
-
बालुवामा पुरिएर मजदुरको मृत्यु
-
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
-
विश्वकपका यादगार गोलहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण