शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोक गायक रमेश बिजीले गरे विवाह

बिहीबार, १८ जेठ २०८०, १० : ४७
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग प्रेम विवाह गरेका हुन् । 

बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थियो । तर आधिकारिक रूपमा भने उनीहरुले स्वीकार गरेका थिएनन् । अहिले भने गायक बिजी आफैले सार्वजनिक गरेका हुन् ।

विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् । दुई दशकभन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप