यस्तो छ ‘परस्त्री’ को पहिलो गीत ‘माया बस्यो तिमीसँग’

काठमाडौँ । असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’ को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक गरिएको छ । गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ । केके ब्रोदर्स अर्थात कोशिस र केतन क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।
गीतको भिडियोमा शिल्पा मास्के र अभिनेता गौरव बिष्टलाई फिचर्ड गरिएको छ । मुस्ताङका रमणीय स्थानमा छायांकन भएको फिल्ममा शिल्पा र गौरव रोमान्टिक मुडमा देखिएका छन् ।
नेपाली र हिन्दीमा रिलिज हुने फिल्म विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक कथावस्तुमा निर्माण भएको हो । सुरज पाण्डले फिल्म निर्देशन गरेका हुन् । पाण्डेको यो डेब्यु फिल्म हो ।
फिल्ममा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालको निर्माणमा सहकार्य छ । खनाल फिल्मका लेखक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...