अदालत
भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मा दोषी ठहर
बिहीबार, १८ जेठ २०८०, २३ : ४४

काठमाडौँ । बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
शुक्रबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यद्यपि जेठ २५ गतेमात्र सजाय निर्धारणका लागि छलफल हुने भएको छ ।
एक करोडभन्दा बढी बिगो भएको मुद्दामा ८ देखि १० वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । सोही अनुसार शर्मालाई कम्तीमा ८ वर्ष सजाय हुनसक्ने देखिएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धमा भने शर्माले सफाइ पाएका छन् । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीसहित उनकी पत्नीलाई पनि विपक्षी बनाइ मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता
-
लोकसेवाको उत्तरपुस्तिका आफैँ बोकेर गएपछि...
-
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो युवा सम्मेलन
-
सुपथ मूल्यका औषधी तीन वटै तहमा उपलब्ध गराउनका लागि सहजीकरण समिति गठन
-
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
-
राति १० बजेपछि होटल रेष्टुरेन्ट बन्द गराएको भन्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र