शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको अगुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

बिहीबार, १८ जेठ २०८०, २३ : २५
बिहीबार, १८ जेठ २०८०

सप्तरी । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले जनताको हृदयको कुरा बुझेर राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिककता विधेयक प्रमाणीकरण गरेको बताए ।

अध्यक्ष यादवले रेशमलाल चौधरीको रिहाइलगायत काम समयमा सम्पन्न हुनु राम्रो पक्ष भएको बताए ।  सङ्घीयता, समावेशी प्रतिनिधित्व, नागरिकता विधेयक राष्ट्रपतिद्वारा स्वीकृत र रेशम चौधरीको रिहाइ जस्ता उपलब्धि जसपा नेपालको विशेष पहलकदमीबाट सम्भव भएको उनको जिकिर थियो । पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको सङ्घर्ष जारी राख्नको लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्ने उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप