जसपाको अगुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव
बिहीबार, १८ जेठ २०८०, २३ : २५
सप्तरी । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले जनताको हृदयको कुरा बुझेर राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिककता विधेयक प्रमाणीकरण गरेको बताए ।
अध्यक्ष यादवले रेशमलाल चौधरीको रिहाइलगायत काम समयमा सम्पन्न हुनु राम्रो पक्ष भएको बताए । सङ्घीयता, समावेशी प्रतिनिधित्व, नागरिकता विधेयक राष्ट्रपतिद्वारा स्वीकृत र रेशम चौधरीको रिहाइ जस्ता उपलब्धि जसपा नेपालको विशेष पहलकदमीबाट सम्भव भएको उनको जिकिर थियो । पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको सङ्घर्ष जारी राख्नको लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण