कर्णाली प्रदेश योजना आयोगको सदस्यमा खनाल नियुक्त
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले अझै पनि पूर्णता पाउन सकिरहेको छैन । सोमबार थप एक जना सदस्यलाई नियुक्त गरे पनि आयोगले पूर्णता पाउन सकेको छैन ।
मुख्यमन्त्री नियुक्त भएको झण्डै ५ महिना बितिसक्दा पनि आयोगले पूर्णता पाउन नसकेको हो । यसअघि आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट योगेन्द्रबहादुर शाही नियुक्त भएका थिए । सोमबार सत्तारुढ नेपाली कांग्रेसको कोटाबाट ऋषि खनाल सदस्यमा नियुक्त भएका छन् ।
सुर्खेत निवासी खनाल कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख दुर्गा केशर खनालका छोरा हुन् । उनले जेठ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार नियुक्त भएका उनले पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।
आयोगको अध्यक्षमा मुख्यमन्त्री, एक उपाध्यक्ष र दुई सदस्य रहने व्यवस्था छ । अब एक जना सदस्य नियुक्त गर्न बाँकी छ । यस्तै आयोगको पदेन सदस्यमा प्रमुख सचिव र सदस्यसचिवमा अर्थ मन्त्रालयको सचिव रहने व्यवस्था छ ।
उपाध्यक्षलाई प्रदेशको राज्यमन्त्री सरह र सदस्यलाई सांसद सरहको सेवा सुविधा दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण