स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
मङ्गलबार, १६ असार २०८३, १६ : ०१
सारांश
- विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त उपकुलपति पदका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण मंगलबारदेखि सुरु भएको छ।
- मन्त्रालयले गत आइतबार उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको सूची सार्वजनिक गरेको थियो।
- पाटन, चिकित्सा विज्ञान राष्ट्रिय, पोखरा, विपि कोइराला, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि प्रस्तुतीकरण जारी छ।
काठमाडौँ। विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु भएको छ ।
मंगलबारदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु भएको हो। दुई दिनसम्म सञ्चालन हुने अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि मन्त्रालयले गत आइतबार उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको सूची सार्वजनिक गरेको थियो।
सार्वजनिक गरिएको सूची अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको असार १६ गते र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका प्रस्तुतीकरण जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण