पौडीमा निसर्ग बाटिका च्याम्पियन

काठमाडौं । नेपाल पौडी संघको आयोजनमा भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा निशर्ग बाटिका स्कुल एक सय २३ अंकसहित पहिलो भएको छ । दोश्रो भएको स्वस्ती श्री गुरुकुलले ९८ अंक र तेश्रो स्थानमा रहेको लिङ्कनले ५४ अंक बटुल्यो ।
प्रतियोगितामा यू—१० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिलामा सिसोमबुम राई, ११—१२ वर्ष उमेर समूहतर्फ महिलामा कल्किन श्रेष्ठ र पुरुषमा रोयल प्रजापती तथा १३—१४ वर्ष उमेर समूहतर्फ पुरुषमा अजलकाजी ताम्राकार र महिलामा मेगन गुरुङ उत्कृष्ट खेलाडी भए ।
यसैगरी १५—१७ वर्ष उमेर समूहतर्फ पुरुषमा अल्भिन महर्जन र महिलामा रोशा न्यौपाने तथा खुला समूहतर्फ पुरुषमा एलेक्जेन्डर गादेगाद शाह र महिलामा गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र दुवानाको समान अंक भएपछि दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।
प्रतियोगिताको अन्तिम दिन सोमबार थप चार राष्ट्रिय कीर्तिमान बने । एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रिस्टायलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दूरी पूरा गरेका थिए ।
सोही स्पर्धाको फाइनलमा उनले फेरि उक्त समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।
यसैगरी १०० मिटर ब्रेष्ट स्ट्रोक स्पर्धामा विकास कुमालले शुभमको नाममा रहेको एक मिनेट १०.५९ सेकेन्ड समयलाई विस्थापित गर्दै एक मिनट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए । कुमालले पहिलो दिन पनि दुई कीर्तिमान बनाएका थिए ।
यसैगरी अर्को कीर्तिमान नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नाममा रहकेको चार मिनट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै उनले चार मिनट १२.१७ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरे ।
प्रतियोगिताका विजयी खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरे । उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुलातर्फका खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । कीर्तिमान बनाउने खेलाडीहरुले प्रत्येक कीर्तिमानबापत पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने
-
कहिले होला अभिनयमा नीति शाहको डेब्यु ?
-
थप सस्तियो गोलभेँडाको मूल्य, यस्तो छ आज तरकारी मूल्यसूची
-
‘जनतासँग माओवादी अभियान’को सल्यानी मोडेल, अरूका लागि हुन सक्छ सिकाइ !
-
एसियाली खेलकुद : दोस्रो चरणमा पराजित भए टेनिस खेलाडी प्रदिप खड्का
-
सुनचाँदीको मूल्य स्थिर